राष्ट्रियसभादेखि प्रतिनिधिसभासम्म पाँच पार्टी मिलेर लड्दैछौं : माधव नेपाल – Nepal Press

राष्ट्रियसभादेखि प्रतिनिधिसभासम्म पाँच पार्टी मिलेर लड्दैछौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनहरुमा सत्तारुढ गठबन्धनका पाँच पार्टीहरु मिलेर जाने बताएका छन् । यस विषयमा दलहरुबीच सहमति भइसकेको उनले दावी गरे ।

झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभादेखि प्रतिनिधिसभाको चुनावसम्म मिलेर चुनाव लड्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘केही समयपछि राष्ट्रियसभाको चुनाव हुन्छ, त्यसमा पाँचवटा पार्टी मिलेर लड्छौं । त्यसपछि उपनिर्वाचन भयो भने त्यसमा पनि सँगसँगे जान्छौं । अनि, प्रदेशसभा, स्थानीय तह, प्रतिनिधिसभा सबैमा हामी मिल्छौं ।’

मिलेर चुनाव लड्ने विषयमा आशंका नगर्न नेपालले आग्रह गरे । एक्लै चुनाव लड्न हिम्मत नगरेको भनेर हुने गरेका टिप्पणीको जवाफ दिँदै उनले २०७४ सालको चुनाव सम्झिए ।

नेपालले भने, ‘२०७४ सालको चुनावमा एमालेले राप्रपा र माओवादीसँग साँठगाँठ गर्न हुने, अहिले हामीले गर्न नहुने के छ ? शक्ति बढाउनका लागि तालमेल गरिन्छ । सरकारमा बस्ने सबैका बीचमा सहमति भइसकेको छ ।’

यद्यपि, अब देशमा एकीकृत समाजवादीबाहेक अरु पार्टीको भविष्य नै नरहेको उनले ठोकुवा गरे ।

‘भविष्य कसैको छ भने एकीकृत समाजवादीको छ, बाँकी पार्टीको पत्तासाफ हुनेवाला छ,’ उनले भने ।


प्रतिक्रिया

3 thoughts on “राष्ट्रियसभादेखि प्रतिनिधिसभासम्म पाँच पार्टी मिलेर लड्दैछौं : माधव नेपाल

  1. यस्तो मति भ्रस्ट गु खाने माकुनेलाई चुनाव पछि टर्च बालेर खोज्दा पनि देख्नु नपरोस् , थुक्क !!

  2. तिम्राे मालिक देउबाले त राष्ट्रिय सभाकाे चुनावसम्म मात्र हाे भन्याे त । मालिकभन्दा नाेकर जान्ने ? काँग्रेसँग मिलेर २ ४ सिट आएमा पद बेचेर गुजारा चलाउन पाईन्थ्याे भन्ठानेकाे देउवाले लाेप्पा लगाईदेला जस्ताे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर