कांग्रेसका चार नेताको एकै ठाउँमा बास, सभापतिको साझा उम्मेदवार तय गरेरमात्र फर्किने – Nepal Press

कांग्रेसका चार नेताको एकै ठाउँमा बास, सभापतिको साझा उम्मेदवार तय गरेरमात्र फर्किने

काठमाडौं । आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार तय नहुँदासम्म रामचन्द्र पौडेलसहितका चारजना कांग्रेस नेता रातभर भने पनि एकै ठाउँमा छलफलमा रहने भएका छन् ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा रामचन्द्र पाैडेल, प्रकाशमान सि‌ह, शशांक र शेखर कोइराला छलफलमा छन् ।

केन्द्रीय सदस्यहरुसहितको छलफलमा नेताहरुले जसरी पनि बुधवार विहानसम्म साझा उम्मेदवार चाहियो भनेपछि बरिष्ठ नेता पौडेलले आजै रातभरि बसेर भने टुंगो लगाइने बताएका हुन् ।

उनले भने, ‘रातभरी बसेर भएपनि साझा उम्मेदवार टुंगो लगाउँछौँ ।’

साझा उम्मेदवार तय नगर्दासम्म आफूहरु नछुटिने र रातभर पनि बैठक बस्ने बताएको छलफलमा सहभागी नेता गुरुराज घिमिरेले जानकारी दिए ।

बैठकस्थलबाहिर कांग्रेसका युवा नेताहरूले साझा उम्मेदवारमा छिटो सहमति गर्न दबाब दिएका छन् ।

राजेन्द्र बजगाई, टेकराज पौडेल, सीता सापकोटा, दक्ष पौडेल, देवेन्द्र घर्तीमगरलगायतका युवा नेताहरूले नेताहरू मिल्नोस्-कांग्रेस जोगाउनूस्, अहिले नमिले कहिले मिल्ने भन्दै प्लेकार्ड बोकेर दबाब दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर