शेखरले गरे जिल्ला सभापतिहरुसँग छलफल – Nepal Press

शेखरले गरे जिल्ला सभापतिहरुसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्नेबारे नवनिर्वाचित एवं निवर्तमान जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् ।

बसुन्धारास्थित दियालो फुडल्याण्डमा कोइरालाले विभिन्न जिल्लाका सभापतिहरुसँग सभापतिमा आफ्नो दावी, साझा उम्मेदवारको सम्भावना लगायतका विषयमा छलफल गरेको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

छलफलमा कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउन भइरहेका प्रयासबारे जानकारी गराएका छन् । उनले सभापतिहरुलाई को उम्मेदवार बन्दा उपयुक्त हुन्छ भन्नेमा खुलस्त भएर सुझाव दिन आग्रह गरेका छन् ।

जिल्ला सभापतिहरुले पनि सभापतिका चार दावेदारमध्ये जो भए पनि सहमतिमै उम्मेदवार हुँदा परिणाम निस्कने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर