महाधिवेशन सकिएको दिन देउवा निवर्तमान सभापति बन्नुहुन्छ- डा. मिनेन्द्र रिजाल (भिडिओ) – Nepal Press

महाधिवेशन सकिएको दिन देउवा निवर्तमान सभापति बन्नुहुन्छ- डा. मिनेन्द्र रिजाल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला सो समूहका महामन्त्रीका दाबेदार तथा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले मतदानको बेलासम्म साझा उम्मेदवार दिइने बताएका छन् ।

बत्तीसपुतली भेलापछि पत्रकारसँग कुरा गर्दै रिजालले हिजोको भन्दा आज सकारात्मक अवस्था देखिएको भन्दै उम्मेदवारी दर्ता गर्ने बेलासम्म आफ्नो समूहबाट एउटै उम्मेदवार बन्ने र महाधिवेशन प्रतिनिधिलाई द्विविधा हुन नदिइने बताए ।

कांग्रेस महाधिवेशनमा सत्ताको दुरुपयोग भएको भन्ने आरोपका सन्दर्भमा भने रिजाल उम्किन खोजे । आफू प्रधानमन्त्री शेरवहादुर देउवाको क्याबिनेटमा रहेको र महाधिवेशनको भोलिपल्ट पनि देउवा यो देशको प्रधानमन्त्री र पार्टीको निवर्तमान सभापति हुने भएकाले नकारात्मक टिप्पणी नगर्ने बताए ।

रिजालले भने, ‘म कुनै नकारात्मक टिप्पणी गर्न चाहान्न । सभापतिमा शेरवहादुर देउवाको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा म छु । तर महाधिवेशन सकिएको भोलिपल्ट एकीकृत कांग्रेस बनाउनु पनि छ । महाधिवेशनपछि पनि देउवा प्रधानमन्त्री र निवर्तमान सभापति रहनुहुन्छ । त्यसैले म नकारात्मक टिकाटिप्पणी गर्ने स्वभावको मान्छे होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर