मिल्न दबाब दिने कार्यकर्तालाई शेखरको जवाफ – आत्तिनु पर्दैन, ‘आइ एम स्टिल अन रेस’ – Nepal Press

मिल्न दबाब दिने कार्यकर्तालाई शेखरको जवाफ – आत्तिनु पर्दैन, ‘आइ एम स्टिल अन रेस’

काठमाडौं । संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला डा. शेखर कोइरालाले पनि आफू ‘रेस’मै रहेको बताएका छन् । यसअघि प्रकाशमान सिंहले पनि सभापतिमा दाबी नछाडेको बताएका थिए ।

केन्द्रीय कार्यालय सानेपामा कार्य समिति बैठकपछि बाहिरिएका शेखरलाई महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले संस्थापनइतर समूहमा मिल्न भन्दै दबाब दिएका थिए ।

कार्यकर्ताको घेराउ परेका शेखरले उनीहरुलाई नआत्तिन भन्दै आफू दौडमै रहेको बताए ।

जसरी पनि मिल्नुपर्छ भन्दै साझा उम्मेदवार चाहियो भनिरहेका कार्यकर्तालाई शेखरले भने– अहिले नै आत्तिनु पर्दैन, आए एम स्टिल अन रेस ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर