यी हुन प्रेस युनियनबाट कांग्रेस महाधिवेशनका पाँच प्रतिनिधि – Nepal Press

यी हुन प्रेस युनियनबाट कांग्रेस महाधिवेशनका पाँच प्रतिनिधि

काठमाडौं । प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ ।

युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुको नाम छनोट गरेको प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए ।

युनियनका महासचिव अजयबाबु शिवाकोटी भने कांग्रेस दोलखाको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । यस्तै, पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी पनि ओखलढुंगाबाट प्रतिनिधिमा चयन भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर