अवधारणापत्र अघि सार्दै गगन थापाले भने – समृद्ध नेपाल होइन, समुन्नत नेपाल (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पदका प्रत्यासी गगनकुमार थापाले पार्टी महाधिवेशनलाई लक्षित गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणा अघि सारेका छन् ।
आज आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी औपचारिकरूपमा घोषणासहित उनले अवधारणापत्र प्रस्तुत गरेका हुन् ।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा स्थापित गरेका थिए । थापाले त्यसैको नक्कल गरेको प्रतिक्रिया आइरहँदा थापाले यी दुई अवधारणामा धेरै भिन्नता भएको बताए ।
समृद्ध नेपाल र समुन्नत नेपाल फरक कुरा भएको उनको विश्लेषण छ ।
थापाले भने, ‘समृद्ध नेपालका परिकल्पनाकारले बोलेको भाषणका अन्तरवस्तु हेर्नुस् । पानीजहाज, फराकिलो बाटो, भ्यूटावर, चुच्चे रेल… तर त्यो रेलमा बस्ने मान्छेको अत्तोपत्तो छैन । भ्यू टावर छ, तर, त्यहाँबाट भुइँ मान्छे देखिँदैनन् ।’
थापाले समुन्नत नेपाल भनेको गन्तव्य नभएर निरन्तरको यात्रा र संकल्प भएको बताए । भोलिका दिनमा वंश, जात र लिंगका आधारमा हुने विभेद घट्दै गयो भने देश समुन्नतितर्फ लागेको भन्न मिल्ने उनको भनाइ छ ।
‘जनताका न्यूनतम आवश्यकताको स्तर बढ्दै गयो भने त्यसलाई समुन्नतितर्फ बढ्दै गयो भन्न सकिन्छ,’ थापाले भने ।
यस्तो छ गगनले सार्वजनिक गरेको अवधारणा पत्र:
तस्बिरहरु: गौरव पौडेल
ओलिकाे नारालाई कमजाेर बनाउन समृद्व हाेईन समुन्नत नेपाल भन्नुकाे कुनै अर्थ छैन । राजनीति देश बनाउन गरिन्छ न कि कसैकाे दलाली गर्न अर्काकाे नारालाई कमजाेर बनाउन ।
कठै तिनै बुढा बाका अक्षर र आसय कै कुरा राखेर तिनैको बिरोध गर्नुहुन्छ तपाइँ ,संसारकै धनि र समृद्व मध्यमा गनिने नेपाली साहित्यको शब्दकोषमा अरु कुनै अक्षर र आशयका शब्द पनि पाउनु भएन है हजुरले ,?आशा गरिएको मान्छेले यस्तो स्तरहिन भएपछी अब नेपाली राजनीतिमा युवापुस्ता भनेर आश गर्नु पनि धिक्कार छ ……
हात्ती र हात्तीछाप उस्तै उस्तै हो नानु भनेर रेडियोबाट घोकाएको होइन र दादा ।