गगन थापालाई गोकुल बास्कोटाको जवाफ – भृकुटीमण्डप पनि ‘ओलीवेशनमय’ नै हुने भएछ – Nepal Press

गगन थापालाई गोकुल बास्कोटाको जवाफ – भृकुटीमण्डप पनि ‘ओलीवेशनमय’ नै हुने भएछ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले एमालेको महाधिवेशनलाई ओलीवेशनकाे संज्ञा दिएका कांग्रेस नेता गगन थापालाई जवाफ फर्काउँदै कांग्रेस पनि ओलीवेशनमय भएको टिप्पणी गरेका छन् ।

गगन थापाले एमाले अध्यक्ष ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई काउन्टर दिन ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित महामन्त्रीमा उम्मेदवारी घोषणा गरे लगत्तै बास्कोटाले यस्तो जवाफ दिएका हुन् ।

बास्कोटाले भनेका छन् – तीनदिन यता कांग्रेस नेताहरुको अन्तरवार्ता र भाषण खुब सुने । कांग्रेसमा पौडल र देउवा दुबै पक्षको उम्मेदवारी ओली पदचाप छेक्नका लागि रे ! एमालेको दशौ महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झदै भन्न मन लाग्यो – आखिर, भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ ।

कांग्रेसका दुवै पक्षले आफ्नो सभापति उम्मेदवार नजिते आउने चुनावमा कांग्रेसले ओलीको सामना गर्न नसक्ने बताइरहेका बेला बास्कोटाले यो टिप्पणी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर