देउवाविरुद्ध शशांकलाई उतार्ने प्रयास, संस्थापनइतर समूहमा पुनः छलफल – Nepal Press

देउवाविरुद्ध शशांकलाई उतार्ने प्रयास, संस्थापनइतर समूहमा पुनः छलफल

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पाैडेल साझा उम्मेदवार हुने अवस्थामा आफूले बाधा नपुर्‍याउने बताएका महामन्त्री सशांक कोइराला फेरि रेसमा फर्किन सक्ने संकेत देखिएको छ ।

संस्थापनइतर समूहबाट सशांकलाई साझा उम्मेदवार बनाउन केही केन्द्रीय सदस्यहरुले फेरि पहल सुरु गरेका छन् ।

आफ्नै निवासमा युवा नेताहरुसँग शशांकले आफू सहमतिको बाधक नभएपनि आफ्नो दावेदारी कायम रहेको बताए । यसअघि शशांकले रामचन्द्र पौडेलको आग्रहमा सहमतिका लागि दावी छोडेको बताएका थिए ।

अहिले पनि सहमति जुटाउन कांग्रेसका नेताहरु विभित्र स्थानमा फरक फरक ढंगले छलफलमा छन् ।

२४ गतेबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसमा संस्थापनइतर पक्षलाई सभापतिको साझा उम्मेदवार टुंगो लगाउन नेता कार्यकर्ताहरुले दबाव दिएपनि सहमति जुट्ने सम्भावना भने कम हुँदै गएको छ ।

नेता वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा दावी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर