७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन राजधानीमा प्रभातफेरि (तस्बिरहरु) – Nepal Press

७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन राजधानीमा प्रभातफेरि (तस्बिरहरु)

काठमाडौं । आज ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष दिवस मनाइँदै आएको छ ।

राष्ट्रसंघको महासभाले मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै घोषणापत्र जारी गरेको थियो ।

आजको दिन विश्वभर मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका व्यक्ति, संस्थाहरुले भव्यताका साथ दिवस मनाउँदै आएका छन् । नेपालमा पनि सरोकारवाला व्यक्ति तथा संस्थाहरुले मानवअधिकार दिवसको दिन विहानै प्रभातफेरि निकालेका छन् ।

मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका संस्थाहरु, सुरक्षा निकायलगायतको उपस्थितिमा जनचेतनासहितको प्रभातफेरि आयोजना गरिएको हो ।

नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको छ ।

कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानवअधिकारको संरक्षणमा दत्त चित्त भएर विभिन्न प्रयास गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले यो वर्षको अन्त्यसम्ममा सबै नेपालीले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा पाउने दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *