कांग्रेस महाधिवेशनः प्रदर्शनीमार्गमा सवारी प्रवेश निषेध, उद्घाटनस्थलमा अन्तिम तयारी हुँदै (तस्बिरहरु)
काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रका लागि मन्च लगायतको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
कांग्रेसले करिव १ सय ५० जना अट्ने मुख्य मन्च निर्माण गरेको छ । बृहत जनसभा नगर्ने निर्णय गरेको कांग्रेसले महाधिवेशान प्रतिनिधि र शुभेच्छुकका लागि कुर्चीको व्यवस्था गरेको छ । अहिले कामदारहरु त्यसैले व्यवस्थापनमा तल्लीन छन् ।
महाधिवेशनको उद्घाटनस्थल वरिपरि सवारी व्यवस्थापन सहज पार्न प्रहरीले अहिले विहानैदेखि प्रदर्शनीमार्गमा सवारी प्रवेश निशेध गरेको छ । राष्ट्रिय सभागृहतर्फ र पद्मोदयमोड तर्फबाट अत्यावश्यकबाहेकका सवारीलाई प्रदर्शनी मार्गमा प्रवेश दिइएको छैन ।