कांग्रेसमा ट्वीस्टः रामचन्द्रलाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका प्रत्यासी विमलेन्द्र नीधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् ।
पार्टीको महाधिवेशन सुरू हुने दिन उनले यस्तो प्रस्ताव राख्दै कांग्रेस सभापतिको प्रतिस्पर्धालाई नयाँ मोड दिएका हुन् ।
चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावालखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्देश जाने भन्दै सर्वसम्मतिको प्रस्ताव राखेका हुन् । कांग्रेस संस्थापन पक्षका नेता निधि आफैं पनि सभापतिका उम्मेदवार हुन् । देउवाको साथ छाड्दै उनले सभापतिमा सबैभन्दा पहिले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।