माओवादी कर्णाली अधिवेशनः अध्यक्षमा १६ केन्द्रीय सदस्यमध्ये १४ को दाबी, पार्टी नेतृत्वलाई सकस – Nepal Press

माओवादी कर्णाली अधिवेशनः अध्यक्षमा १६ केन्द्रीय सदस्यमध्ये १४ को दाबी, पार्टी नेतृत्वलाई सकस

सुर्खेत । शनिबारदेखि सुरु हुने नेकपा माओवादी कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष हुन चाहनेको सूची निकै लामो छ । आकांक्षीहरुले पार्टी अध्यक्ष पुपकमल दाहाल प्रचण्डलाई रिझाउन अनेक प्रयास गरिरहेका छन् ।

कर्णालीका १६ जना केन्द्रीय सदस्यमध्ये प्रदेश इन्चार्ज शक्ति बस्नेत र संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरबाहेक १४ जनाले अध्यक्ष बन्ने चाहना व्यक्त गरेका छन् ।

अहिले माओवादी कर्णाली प्रदेश संयोजकमा राजकुमार शर्मा र सचिवमा रामदिप आचार्य छन् । यी दुवै केन्द्रीय सदस्य समेत हुन् । अहिले उनीहरु दुवैले प्रदेश अध्यक्षमा दाबी गरिरहेका छन् ।

त्यस्तै अध्यक्षका आकांक्षीहरुमा टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान बिस्ट, महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल छन् ।

माओवादी स्रोतका अनुसार मायाप्रसाद शर्मा, नरेश भण्डारी, राजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, राजकुमार शर्मा र वसन्त शर्मा, नरबहादुर बिस्टले पनि अध्यक्ष हुने रहर गरेका छन् ।

माओवादीले यीमध्ये एकजनालाई सर्वसम्मत अध्यक्ष बनाउने बताएको छ । ‘अध्यक्ष प्रचण्डले जसलाई चाहनुहुन्छ, त्यहीं अध्यक्ष बन्छ’, केन्द्रीय सदस्य एवं सुर्खेत इन्चार्ज नरबहादुर बिस्टले भने ।

एक नेताका अनुसार कर्णालीका दस जिल्लामध्ये नौ जिल्लाले पदाधिकारी पाउने भएका छन् भने एक जिल्लाले कार्यालय सदस्य पाउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर