‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कपी गरेछन्, ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को पनि गरेका थिए : ओली (भिडिओ) – Nepal Press

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कपी गरेछन्, ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को पनि गरेका थिए : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश र जनताको उन्नतिका लागि ल्याउने राष्ट्रिय नारा र गन्तव्यलाई अन्य दलले शब्द यताउति गरेर कपी गर्ने गरेको बताएका छन् ।

एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले लिएको सम्बृद्ध नेपाल,सुखी नेपालीको नारा मुलुकेको राष्ट्रिय गन्तव्य रहेको बताए ।

अध्यक्ष ओलीले भने – हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरीले पनि कपी गरेछन् ।

हिजो हामीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौं । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो । गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो ।

 एमालेको सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अपूर्ण रहेको भन्दै कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले विहिवार आफ्नो अवधारणा सार्वजनिक गर्ने क्रममा समुन्नत नेपाल,सम्मानित नेपाली हुनुपर्ने बताएका थिए ।

सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय गन्तव्यभित्र राष्ट्रियताको प्रश्न,लोकतन्त्रको प्रश्न,सामाजिक न्याय र समानताको प्रश्न सबै समेटिएको छ ।

 


प्रतिक्रिया

One thought on “‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कपी गरेछन्, ‘आफ्नो गाउँ आफैं बनाऊँ’ को पनि गरेका थिए : ओली (भिडिओ)

  1. काम गर्ने कुरामा पनि एस्तै कपि गरे नेपाल कस्तो हुन्थ्यो होला है अध्यक्ष ज्यु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर