कांग्रेस महाधिवेशनमा प्रचण्ड, माधव लगायत नेता आइपुगे, ओली आउँदै – Nepal Press

कांग्रेस महाधिवेशनमा प्रचण्ड, माधव लगायत नेता आइपुगे, ओली आउँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु आउने क्रम जारी रहेकाे छ ।

अहिलेसम्म  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत मञ्चमा आइपुगेका छन् ।

कांग्रेस महाधिवेशनमा शुभकामना दिन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भने आउन बाँकी छ ।

ओली आएमा गत पुसयता पहिलो पटक प्रचण्ड र ओली तथा गत असार २३ यता माधव नेपाल–ओलीसँगै एउटै मञ्चमा हुने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर