लिङदेनलाई ओलीको कटाक्ष- नयाँ नयाँ अध्यक्ष भएको रापताप होला… (भिडिओ) – Nepal Press

लिङदेनलाई ओलीको कटाक्ष- नयाँ नयाँ अध्यक्ष भएको रापताप होला… (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङदेनले ‘सबै नेताहरु चोर हुन्’ भन्ने छाप जनतामा परेको बताउँदै राजसंस्थाको वकालत गरेका थिए ।

लिङदेनलाई जवाफ दिँदै ओलीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अहिलेको सन्दर्भमा असान्दर्भिक रहेको बताए।

उनले भने, ‘जन्मिँदै शासन गर्ने सिद्धान्त निराधार हो । यससरी नागरिक स्वाभिमान नै छाडिदिने कुरा नगरौं ।’

ओलीले लिङदेनलाई भर्खरै जन्मेको बाछोसँग तुलना गरे ।

उनले भने, ‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाछो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर