कुनै पनि पदमा उम्मेदवारी नदिने कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवको घोषणा – Nepal Press

कुनै पनि पदमा उम्मेदवारी नदिने कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवको घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।

महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै यादवले पार्टीको राजनीतिमा नयाँ व्यक्तिहरु आउनुपर्ने भन्दै आफूले उम्मेदवारी नदिने घोषणा गरेकी हुन् ।

उनले १४ औं महाधिवेशनबाट पार्टीभित्र एकताको सन्देश दिनुपर्ने बताइन् ।

उनले भनिन् — नयाँ साथीहरू राजनीतिमा आउनुपर्छ । कोषाध्यक्षको रुपमा काम गर्ने अवसर पाए । पार्टी भित्र एकताको सन्देश दिनुपर्छ । म कुनै पदमा उम्मेदवार बन्दिन नया साथीहरूलाई शुभकामना ।

उनले पार्टीको कोषमा १० करोड रुपैयाँ जम्मा भएको पनि बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर