प्रतिशोध होइन पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुहोस् : उपसभापति गच्छदार – Nepal Press

प्रतिशोध होइन पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुहोस् : उपसभापति गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन उद्घाटनसत्रमा सम्बोधन गर्दै उपसभापति गच्छदारले यस्तो आग्रह गरेका हुन् ।

पार्टीभित्र हुने प्रतिशोधात्मक प्रतिस्पर्धाको फाइदा अरु पार्टीहरुले उठाउने उल्लेख गर्दै उनले कांग्रेस एक नभए कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नहुने बताए ।

उनले भने — तीन वर्ष अगाडी महासमिति बैठकमा दुई नेतालाई एकताको सन्देश दिनुहोस भनेको थिए । नेपाली कांग्रेस एक भएर गएन भने कम्युनिष्टहमरुसँग मुकावला गर्न सकिँदैन भनेर भनेको थिए । आज त्यही भएको छ । अब पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुहोस् । प्रतिशोधात्मक प्रतिस्पर्धाले पार्टीलाई छताछुल्ल पार्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर