बुटवल पुगेर डा. सिके राउतले भने : अब जनतालाई पुराना दलको विश्वास छैन – Nepal Press

बुटवल पुगेर डा. सिके राउतले भने : अब जनतालाई पुराना दलको विश्वास छैन

रुपन्देही । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पुराना राजनीतिक दलहरुमा आमनागरिकको विश्वास गुम्दै गएको बताएका छन् ।

अहिले नेतृत्वमा गएका दलहरुप्रति विश्वास नभएकाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबै क्षेत्रमा भएको भएको लथालिंगले जनतामा निराशा उनले बताएका छन् ।

जनमत माटो यात्रा अन्तर्गत शुक्रबार बुटवलस्थित मणिमुकुन्द सेन उद्यानमा माटो संकलन गर्दै राउतले राजनीतिक दल र दलका नेताहरु जनताका समस्या समाधान गर्नेभन्दा आफ्नै कुर्ची जोगाउने दौडमा रहेको बताए ।

जनप्रतिनिधिहरु समेत जनताको समस्याप्रति अनविज्ञ रहेको कारण जनतामा आक्रोश पैदा भएको बताउँदै डा. राउतले अहिले जनतामा आफ्नो राज आफै ल्याउनुपर्छ भन्ने जागरुकता बढेको बताए ।

‘जनतामा आएको त्यहि जागरुकता र विश्वासलाई जनमत पार्टीले क्याच गर्नेछ’ उनले भने, ‘आफूहरु चुनावमा भाग लिने गरी चुनावी अभियानमा केन्द्रित छौं ।’

जनमत पार्टीले शान्ति र एकताको सन्देश मुलुकभर फैलाउने भन्दै देशभर जनमत माटो यात्रा सुरु गरेको उक्त पार्टीले शुक्रवार बुटवल मणिमुकुन्द सेन उद्यानबाट माटो संकलन गरेको हो ।

शुक्रवार समर्थकहरुका साथ ¥यालीसहित मणिमुकुन्द सेन उद्यान पुगेका डा. राउतले मेचिदेखि महाकालीसम्मका स्थानीय तहहरुमा पुगेर त्यहाँको समस्या, संस्कृति र रहनसहन बुझ्नुको साथै अन्तिममा देशभरको माटो संकलन भएपछि एकता उद्यान निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

गत मंसिर १० गते लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट माटो संकलन गरी जनमत माटो यात्रा सुरु गरेको जनमत पार्टीले देशका सबै स्थानीय पालिकाहरुबाट माटो संकलन गरी पवित्र उद्यान निर्माण गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर