म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेका छन् : देउवा (भिडिओ) – Nepal Press

म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेका छन् : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् ।

ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भनदै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए ।

पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत गरे ।

देउवाले भने – एक पटक मलाई जिताइदिनुस । कुनै पनि हालतमा डरत्राशबाट मुक्त शासन ल्याएर छोडिन्छ । ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस् ।


प्रतिक्रिया

One thought on “म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेका छन् : देउवा (भिडिओ)

  1. काम केही गर्नु नपर्ने । सरूवा र नियुक्ती गरेर पैसा कमाउन भन्दा जानेकाे केही हाेइन । ५ पटक प्रधानमन्त्री हुँदा पनि न केही अनुभव छ न काम गर्ने जाँगर छ न कुनै याेजना छ । यस्ता नालायक प्रधानमन्त्री हुनु देशकाे ठूलाे दुर्भाग्य हाे । देशकाे आर्थिक अवस्था डरलाग्दाे छ कुनै दिन यिनकाे मुखबाट अर्थ व्यवस्थाकाे बारेमा कुरा सुनिदैन । अझ ओलिबाट मुक्त गराएँ रे । तिमीले मुक्त गराएकाे हाेईन माधव र प्रचण्डकाे दलालीले गर्दा चिठ्ठा परेर पद पाएकाे हाे तिमीले । तिमीजस्ताे नालायकले मुक्त गराएँभन्दा शरम लाग्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर