कांग्रेसको बन्दसत्र सुरु हुँदै – Nepal Press

कांग्रेसको बन्दसत्र सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र साढे सात बजेबाट सुरु हुने भएको छ ।

कांग्रेस १४औं महाधिवेशनअन्तर्गत उद्घाटनसत्र समापन भएसँगै केही बेरमै कांग्रेसले बन्दसत्र सञ्चालन गर्ने भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले साढे सात बजेतिर बन्दसत्र सुरु हुने बताएका छन् ।

उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर