छलफलमा पौडेल समूह : शेखर कोइराला बैठकस्थलबाट बाहिरिए – Nepal Press

छलफलमा पौडेल समूह : शेखर कोइराला बैठकस्थलबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी रहेको छ ।

अनुपम फुडल्याण्डमा जारी बैठकमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफल जारी रहेको छ ।

बैठकस्थलबाट नेता शेखर कोइराला भने निस्किएका छन् ।

उनले सहमतिको प्रयास जारी रहेको र केही समयपछि आफू फर्किने बताएका छन् ।

उनले भने – म एकछिनमा आउँछु । अहिले सहमतिको प्रयास जारी रहेको छ ।

१४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । सभापतिको साझा उम्मेदवार तय गर्न यो नै निर्णायक बैठक हुने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर