एमाले केन्द्रीय कमिटी बैठक शुरु, पार्टी प्रवेशको लहर चलाउने ओलीको उद्घोष – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक शुरु, पार्टी प्रवेशको लहर चलाउने ओलीको उद्घोष

राष्ट्रियसभा निर्वाचन एमालेका लागि प्रतिकुल हुनसक्ने आँकलन

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक शनिबार शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठक भक्तपुरको जर्मन पार्टी प्यालेसमा शुरु भएको हो ।

स्थायी कमिटी, पोलिटब्युरो गठन लगायतको एजेन्डामा बैठकले निर्णय गर्ने बताइएको छ ।

बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

ओलीले हिजो केही एमालेमा प्रवेश गरेको र अब त्यसको अभियान नै चलाउने बताए । ओलीले भने– ‘हिजो केहीले प्रवेश गरे । प्रवेशको लहर नै चलाउँछौं । अभियान नै चलाउँछौ ।’ ओलीले प्रमुख सहरहरुमा पार्टी प्रवेश कार्यक्रम गर्न लागेको जानकारी दिए ।

उनले आगामी राष्ट्रियसभाको निर्वाचन एमालेका लागि प्रतिकुल बन्न सक्ने बताए। एमालेबाटै निर्वाचित भएका जनप्रतिनिधि विग्रिएर अन्त गएकाले पनि त्यो प्रतिकुल हुने उनको भनाइ थियो।

‘हाम्रा निम्ती राष्ट्रियसभा निर्वाचन प्रतिकुल हुन सक्छ,’ ओलीले भने, ‘हाम्रैबाट जितेर पनि केही मान्छे विग्रिएकाले पनि त्यो प्रतिकुल हुने भएको हो । पहिले नै जितेका प्रतिनिधिले चुन्ने भएकाले पनि त्यस्तो हो ।’

ताजा जनादेशमा भने त्यस्तो नहुने ओलीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर