एमालेका सबै जनसंगठनलाई अविलम्ब अधिवेशन गर्न अध्यक्ष ओलीको निर्देशन – Nepal Press

एमालेका सबै जनसंगठनलाई अविलम्ब अधिवेशन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरु अधिवेशनबिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने बताए । ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गरेका हुन् ।

ओलीले भने – अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । अब यसरी हुँदैन । तयारी पुगेन भन्न पनि पाइदैन । सबै संगठनले अधिवेशन गर्नुपर्छ तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्नेगरि होइन, पार्टीको मार्गदर्शनमा हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर