माओवादीको प्रदेश सम्मेलन : उद्घाटनसत्रमा प्रवेश नपाएको कर्णालीका कार्यकर्ताको गुनासो – Nepal Press

माओवादीको प्रदेश सम्मेलन : उद्घाटनसत्रमा प्रवेश नपाएको कर्णालीका कार्यकर्ताको गुनासो

सुर्खेत । नेकपा माओवादीको केन्द्रको प्रदेश सम्मेलन सुरु भएको छ । सातै प्रदेशमा एकसाथ सुरु भएको सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । उता, कर्णालीमा कार्यकर्ताहरुले उद्घाटनसत्रमा सहभागी हुन नपाएको गुनासो गरेका छन् ।

जाजरकोटको कुसे गाउँपालिका वडा नं. ९ का थम्ब बहादुर सुनार पार्टीको सम्मेलनमा सहभागी हुन भने वीरेन्द्रनगर पुगेपनि उनी कार्यक्रमस्थल सिटी हलभित्र प्रवेश पाएनन् । हलमा प्रतिनिधिलाई मात्रै सहभागी गराउने नेताहरुले बताएपछि उनी हल छिर्न नपाएका हुन् ।

उता, कालिकोटको पचालझरना वडा नं. ६ का ५३ वर्षीया रुपलाल सञ्जेल पनि सम्मेलनमा सहभागी हुन आएपनि प्रतिनिधि नभएका कारण उनले पनि सहभागिता जनाउन पछएनन् ।

प्रतिनिधिहरु बाहेक अन्य कार्यकर्ताहरुलाई प्रवेश नदिएपछि निराश हुँदै घर फर्किएका छन् । हल बाहिर पनि कार्यक्रम सुन्ने र हेर्ने कुनै व्यवस्था नभएपछि कार्यकर्ताहरु आक्रोशित समेत बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर