दाहालको दावी- बागमतीमा माओवादी एक नम्बर पार्टी बन्दैछ, प्रचण्डपथ ब्युँताउन प्रस्ताव – Nepal Press

दाहालको दावी- बागमतीमा माओवादी एक नम्बर पार्टी बन्दैछ, प्रचण्डपथ ब्युँताउन प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष नारायण दाहालले पार्टीको पक्षमा ब्यापक जनसहभागिता र अन्य पार्टीबाट प्रवेशको लहर चलेकाले आउने चुनावमा सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखिएको दावी गरेका छन् ।

सातै प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वागमतीमा माओवादी एक नम्बर पार्टी बन्ने आधार बनिसकेको बताए । उनले यो आत्मविश्वासले देशभरमै माओवादी पहिलो पार्टी बन्ने दावी गरे ।

दाहालले भने–हामीले चलाएको अभियानमा लाखौं जनता सहभागी भएका छन् । सदस्यता ब्यापक बृद्धि भएको छ । यसले एक नम्बर पार्टी बन्न सक्ने आत्मविश्वास बढेको छ । वागमती प्रदेशमा माओवादी एक नम्बर पार्टी बन्ने देखिएको छ ।

दाहालले अब विचार शंष्लेषणको सन्दर्भमा पनि नयाँ ढंगले छलफलमा लगेर निष्कर्षमा पुग्नुपर्ने प्रस्ताव राखे । उनको संकेत माओवादी पार्टीमा नेतृत्वको पुनः केन्द्रीकरण र प्रचण्डपथ ब्युँताउनेतर्फ रहेको छ ।

उनले समावेशीताको कुराले तलसम्म ब्यापकता ल्याए पनि त्यसबाट चुनौति पनि देखिएको भन्दै समाधानका लागि पार्टीले नीति निर्देशन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर