शेखरलाई रामचन्द्र र शशांकको समर्थन, प्यानल नै उम्मेदवारी दर्ता गर्न जाँदै – Nepal Press

शेखरलाई रामचन्द्र र शशांकको समर्थन, प्यानल नै उम्मेदवारी दर्ता गर्न जाँदै

काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहका सभापति उम्मेदवार डा. शेखर कोइरालालाई बरिष्ठ नेता रामाचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समर्थन प्राप्त भएको छ ।

डा.शेखरको प्यानल नै शशांक निवासमा बसेको स्रोतले जनाएको छ । पौडेलका अति निकट मानिने देवराज चालिसे, कमला पन्त र पिएल चौधरी डा. शेखरको प्यानलबाट सहमहामन्त्री उम्मेदवार बनेपछि पौडेलको समर्थन शेखरलाई खुलेको हो ।

प्रकाशमान सिंह सहमतिमा बाधक भएकाले संस्थापन इतर समूहको साझा उम्मेदवार अब शेखर भएको नेताहरुले बताएका छन् । शेखरको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्‍यालीसहित उम्मेदवारी दर्ता गराउने जाने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर