महामन्त्री लड्न विश्वप्रकाशले टिम पाएनन्, प्रकाशमानसँग संवाद जारी – Nepal Press

महामन्त्री लड्न विश्वप्रकाशले टिम पाएनन्, प्रकाशमानसँग संवाद जारी

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीकाे उम्मेदवार बन्न लामो समयदेखि तयारी गरिरहेका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले मनोनयनको पूर्वसन्ध्यामा कुनै पनि सभापति उम्मेदवारको प्यानलमा ठाउँ पाउन सकेका छैनन् ।

संस्थापन पक्षमा रहेका शर्मालाई शेरबहादुर देउवाले महामन्त्रीमा नसमेटेपछि उनले अन्य नेतासँग पनि संवाद गरेका थिए ।

डा. शेखर कोइरालाको प्यानल घोषणा भइसकेपछि शर्माले प्रकाशमान सिंहसँग संवाद गरिरहेका छन् ।

सिंहले उम्मेदवारी दर्ता गरेपछि छलफल गर्ने बताएको स्रोतले जनाएको छ ।

शर्मा निकट महाधिवेशन प्रतिनिधिहरु बाल्मिकी क्याम्पसमा भेला भएका छन् । त्यहीँबाट उम्मेदवारी दर्ता गर्न जाने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर