रामचन्द्र केन्द्रीय सदस्यको उम्मेदवार पनि नबन्ने, शशांकको मनोनयन दर्ता – Nepal Press

रामचन्द्र केन्द्रीय सदस्यको उम्मेदवार पनि नबन्ने, शशांकको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नदिने भएका छन् ।

आफ्नो समूहलाई एकजुट बनाउन नसकेपछि भावुक वक्तव्यसहित चुनावी मैदानबाट बाहरिएका पौडेल सदस्यको उम्मेदवार नबन्ने भएका छन् ।

महामन्त्री शशांक कोइरालाले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । अर्का नेता डा. रामशरण महत, अर्जुन नरसिंह केसी लगायतले भने सदस्यमा उम्मेदवारी दिएका छन् ।

महतले आफ्नो टिम मिल्न नसकेपछि रामचन्द्र पौडेल निराश बनेको बताए । उनले वरिष्ठताका आधारमा पौडेलको नेतृत्वमा चुनावमा जाउँ भन्दा प्रकाशमानले नमानेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर