निधीले दिए सभापतिमा उम्मेदवारी, देउवा पनि आए (भिडिओ) – Nepal Press

निधीले दिए सभापतिमा उम्मेदवारी, देउवा पनि आए (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि विमलेन्द्र निधीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, सभापति शेरबहादुर देउवा पनि उम्मेदवारी दर्ता गर्न आइपुगेका छन् ।

कांग्रेस सभापतिका लागि निधीको तेस्रो उम्मेदवारी परेको हो । यसअघि कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दर्ता गरिसकेका छन् । देउवापछि शेखर कोइराला र प्रकाशमान सिंहले पनि उम्मेदवारी दिने तयारी छ ।

निधिले कुनै प्यानल बिना सभापतिमा उम्मेदवारी दिएका हुन् । यसअघि उनले रामचन्द्र पौडेलको नाममा सर्वसम्मति गर्न हिजो प्रस्ताव गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर