एमालेको निष्कर्ष – महाधिवेशनबाट तीनथरी मनोविज्ञानको भावनात्मक एकता भयो (पूर्णपाठ) – Nepal Press

एमालेको निष्कर्ष – महाधिवेशनबाट तीनथरी मनोविज्ञानको भावनात्मक एकता भयो (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीभित्रका तीनथरी मनोविज्ञानको भावनात्मक एकता कायम गरेको निष्कर्ष निकालेको छ ।

शनिवार शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको समिक्षा प्रतिवेदनमा महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख छ ।

महाधिवेशनले पार्टीभित्रका विभिन्न मनोविज्ञानहरुलाई संक्षिप्त चित्रण गरेको छ ।

नेकपा एकताका क्रममा समावेश भएको माओवादी धार,नेकपा विभाजनका बेला शुरुदेखि नै नेतृत्वको पक्षमा गोलबन्द भएको मूलधार र १० बुँदे सहमतिपछि क्रियाशील मनोविज्ञानलाई भावनात्मक रुपमा एकताबद्ध गर्दै थप सुदृढ बनाएको एमालेले निष्कर्ष निकालेको छ ।

त्यस्तै यसपटकबाट एमालेमा विधिसम्मत स्वस्थ प्रतिस्पर्धा र सहमति दुवै प्रक्रिया अपनाइएको उल्लेख छ । महाधिवेशनलाई सहमति र प्रतिस्पर्धा दुवै विधिलाई सहज ढंगले अभ्यास गर्ने थलो बनाइएको एमालेले जनाएको छ ।


प्रतिक्रिया

One thought on “एमालेको निष्कर्ष – महाधिवेशनबाट तीनथरी मनोविज्ञानको भावनात्मक एकता भयो (पूर्णपाठ)

  1. भिड जम्मा पार्न त मान्छे आउनुपनि पर्याे नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर