महाधिवेशनका नाममा एमाले – कांग्रेसले भीड मात्रै जम्मा पारे, हामी विचार निर्माण गर्छौं : प्रचण्ड (भिडिओ) – Nepal Press

महाधिवेशनका नाममा एमाले – कांग्रेसले भीड मात्रै जम्मा पारे, हामी विचार निर्माण गर्छौं : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनका नाममा एमाले र कांग्रेसले भिड मात्रै जम्मा गरेको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीको प्रदेश सम्मेलनको संयुक्त उद्घाटन गर्दै प्रचण्डले एमाले र कांग्रेस विचारहिन र सिद्दान्तहिन बनेको आरोप समेत लगाए।

‘अरु पार्टीले महाविधेशन भनेर भिड जम्मा गर्ने गरेका छन्,’ प्रचण्डले भने, ‘एमालेले पञ्च र्याली गर्‍यो । त्यो निभ्ने बेलाको बत्ति मात्रै हो । त्यो विचारहिनताको अधिवेशनका रुपमा गयो । दुनियाँले देख्यो । त्यहाँ माक्र्सवादको म पनि उच्चरण गरिएन । त्यहाँ व्यक्ति पुजा गरियो । सिद्दान्तहिनताको प्रदर्शन गरियो ।’

प्रचण्डले कांग्रेसमा पनि उम्मेवारी मनोनय र चुनावमात्रै हुने र विचारको बहस नहुने आरोप लगाए। ‘कांग्रेसको त झन हामीले हेरिरहेका छौं,’ उनले भने, ‘विचारको बहस छैन् । खाली उम्मेदवारी दर्ता र चुनाव मात्रै छ ।’ उनले थपे, ‘बरु मैले हिजो उद्घाटनका बेला समिक्षा गर्नुप¥यो भने । ती कुनै पनि पार्टीका महाधिवेशन विचार र मुद्दा केन्द्रित छैनन् ।’

उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले अनावश्यक तामझाम नगर्ने जानकारी दिए । प्रचण्डले भने, ‘हामी ८ लाख सदस्य भएको पार्टी हो । हामी त्यो भन्दा ठूला तामझाम गर्न सक्छौं । त्यो गरौंला पनि कुनै दिन । तर, यसपाली हामी विचार केन्द्रित हुने छौं ।’

आफूले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदन लेखिरहेको बताउँदै प्रचण्डले त्यो निरन्तरतामा क्रमभंग गर्ने खालको हुने दावी गरे। ‘म केही दिनदेखि प्रतिवेदन व्यस्थ थिएँ । त्यो पुरै सकिएको त छैन, ट्रयाक खोल्ने काम सकिएको छ । तर, त्यसले निरन्तरतामा क्रमभंग गर्छ,’ प्रचण्डले भने।

उनले माओवादीले मात्रै विचारको विकास गर्ने सम्भावना बोको समेत दावी गरे। ‘विश्वमा नै हाम्रो पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारको विकास गर्ने सम्भावना बोकेको छ । विद्यमान चुनौतीको सामना पनि गर्ने सम्भावना बोकेको छ।’


प्रतिक्रिया

2 thoughts on “महाधिवेशनका नाममा एमाले – कांग्रेसले भीड मात्रै जम्मा पारे, हामी विचार निर्माण गर्छौं : प्रचण्ड (भिडिओ)

  1. यी महाशयकाे विचार भनेकाे साेझा जनतालाई हावा आश्वासन दिएर साेझ्याउने, तिनका नाममा लुटपाट गरेर पैसा जम्मा गर्ने, त्याे पैसा विदेश लाने वा यहि लुकाएर राख्ने । विदेशकाे पैसा लगानी भन्दै सुमार्गीजस्ताकाे नामबाट नेपाल ल्याउने अनि आफू माेज गर्ने । यतिभन्दा यिनकाे अरू केही पनि विचार छैन ।

  2. हजुरको साथमा मान्छे भए पो जम्मा गर्नु
    हुन्छ त हजुर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर