महामन्त्रीमा दावी गरेका कार्की र साउदले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, विनोद चौधरी पनि प्रतिस्पर्धामा – Nepal Press

महामन्त्रीमा दावी गरेका कार्की र साउदले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, विनोद चौधरी पनि प्रतिस्पर्धामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसअघि आफू महामन्त्रीको हकदार भएको बताउँदै आएका कार्कीले आज केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका हुन् ।

महामन्त्रीकै आकांक्षीका रुपमा आफूलाई प्रस्तावित गरेका नेता एनपी साउदले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । दुवै संस्थापन पक्षका नेताहरु देउवाको पदाधिकारी टिममा नअटाएपछि केन्द्रीय सदस्य लड्न तयार भए ।

कांग्रेस केन्द्रीय सदस्यका लागि उद्योगपति विनोद चौधरीको पनि उम्मेदवारी परेको छ । उनले मधेसीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।

मनोनयन दर्तापछि चौधरीले पत्रकारसाग भने, ‘म पार्टी राजनीतिमा प्रत्यक्षरुपमा होमिएको छु । राजनीतिमा आइसकेपछि दर्शक बनेर बस्ने कुरा भएन । त्यसैले मधेसीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर