कांग्रेस उम्मेदवारको इन्द्रेणी समूह- २६ वर्षकी बिनितादेखि ९१ वर्षीया शान्तिसम्म – Nepal Press

कांग्रेस उम्मेदवारको इन्द्रेणी समूह- २६ वर्षकी बिनितादेखि ९१ वर्षीया शान्तिसम्म

काठमाडौं । देशको सबैभन्दा पूरानो पार्टी नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि चौधौं महाधिवेशनमा ६५ वर्षसम्मको उमेर ग्याप भएका उम्मेदवार मैदानमा उत्रिएका छन् ।

सभापतिमा ५० वर्षमुनिका कल्याण गुरुङ र युवराज न्यौपानेदेखि ७५ वर्षमाथिका शेरबहादु देउवासम्मका उम्मेदवार मैदानमा उत्रिदा केन्द्रीय सदस्यमा उमेरको इन्द्रेणी अझ विविधतापूर्ण देखिएको छ ।

रामेछापकी २६ वर्षीया बिनिता खड्का र पर्साकी ९१ वर्षीया शान्तिदेवी कार्कीको उमेर ६५ वर्षको फरक छ । जिजु हजुरआमा र पनातिनी उमेरका यी दुई महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा एउटै क्लस्टरबाट उम्मेदवार बनेका छन् ।

विपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेकी शान्ति कार्की र विपी कोइरालालाई फोटोमा देखेर र इतिहासमा पढेर राजनीतिमा लागेकी बिनिता खड्का दुवैजना खुला महिलातर्फ उम्मेदवार छन् ।

शान्ति वीरगन्ज महानगरपालिकाको उपमेयर हुन् । बिनिता भने रामेछापको सुनापति गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिइन् । दुवैजना जितका लागि मतदाता समक्ष गइरहेका छन् ।

यसपटक कांग्रेस सभापतिको उम्मेदवार बनेका मुख्य प्रतिस्पर्धी शेरबहादुर देउवाबाहेक शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंह ७० वर्ष टेक्दै गरेका नेता हुन् । महामन्त्रीमा भने दुवै प्यानलबाट युवा पुस्ताका उम्मेदवार छन् ।
केन्द्रीय सदस्यमा पनि तीनै पुस्ताका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर