उपसभापति नपाएपछि परराष्ट्रमन्त्री खड्का चुनावी प्रक्रियाबाट बाहिरिए
नेपाल प्रेस
२०७८ मंसिर २५ गते १७:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का १४ औं महाधिवेशनको चुनावी प्रक्रियाबाट अलग भएका छन् ।
हाल निर्वाचित केन्द्रीय सदस्य रहेका खड्काले कुनै पदमा उम्मेदवार दिएनन् ।
उपसभापति दावी गरिरहेका खड्काले सो पदमा शेरवहादुर देउवाले उम्मेदवार नबनाएपछि चुनावी प्रक्रियाबाट अलग भएका हुन् । यद्यपि उनी देउवासंगै सभागृह पुगेका थिए ।
डा. खड्का १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट निर्वाचित भए पनि त्यसपछि देउवातिर लागेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर