विधान सम्पादन र नियमावली संशोधनका लागि एमालेले बनायो कार्यदल – Nepal Press

विधान सम्पादन र नियमावली संशोधनका लागि एमालेले बनायो कार्यदल

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको विधान आवश्यक सम्पादन गरि प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न कार्यदल बनाएको छ ।

शनिबार शुरु भएको केन्द्रीय कमिटीको बैठकले तीन सदस्यीय कार्यदल बनाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

कार्यदल उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमामा बनाइएको हो । पौडेलल एमाले विधान महाधिवेशनमा विधान संशोधनको प्रस्ताव प्रस्तुतकर्ता समेत थिए ।सदस्यहरुमा नेता खगराज अधिकारी र पूर्व महान्यायाधीवक्ता रमेश बडाल छन् ।

कार्यदलले एक हप्ताभित्र आफ्नो काम सकाउनुपर्ने छ। बैठकले बल्खुमा पार्टी कार्यालय निर्माण नभइसक्दासम्म च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान उपयोग गर्ने निर्णय समेत गरेको छ।

भीम रावललाई पार्टी कमिटीमा समेट्नेबारे पनि छलफल भइरहेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर