लेखक तिवारी बने कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार – Nepal Press

लेखक तिवारी बने कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसबारे अनुसन्धानमुलक लेख तथा पुस्तक प्रकाशन गर्दै आएका शंकर तिवारी केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

नवलपरासीबाट महाधिवेशन प्रतिनिधि रहेका तिवारीले पार्टीभित्र वैचारिक अभियान र नीतिगत सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताए । हालै ‘कसले सुधार्छ कांग्रेस’ नामक कृति लेखेका तिवारीले कांग्रेसमा नयाँ पुस्ताको निर्णायक भूमिका जरुरी रहेको बताउँछन् ।

‘कांग्रेसमा नयाँ पुस्ताको निर्णायक उपस्थिति आवश्यक छ । पार्टीको इतिहास र विचारलाई सही विवेचना गरेर जनतामाझ पु¥याउनुपर्छ भनेर मैले उम्मेदवारी दिएको हुँ’, तिवारीले भने ।

कांग्रेसवृत्तमा लेखक एवं विश्लेषकको पहिचान बनाएका तिवारी केन्द्रीय समितिमा पुगेर पार्टी हित प्रबर्धनका लागि थप प्रयत्न गर्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर