कांग्रेस महाधिवेशन : यी चर्चित नेता जसले कुनै पनि पदमा उम्मेदवारी दिएनन् – Nepal Press

कांग्रेस महाधिवेशन : यी चर्चित नेता जसले कुनै पनि पदमा उम्मेदवारी दिएनन्

काठमाडौं । नेपाली कांग्रेसका केही चर्चित नेताहरुले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएका छैनन् ।

सभापतिको दावेदार भनिएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु चुनावी प्रतिस्पर्धाबाट अलग भएका छन् ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि कुनैपनि पदमा उम्मेदवारी दिएनन् । उनले सभापतिमा शेरबहादुर देउवा नेतृत्वको प्यानललाई समर्थन गरेका छन् ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले समेत कुनैपनि पदमा उम्मेदवारी नदिएको बताइन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत कुनैपनि पदमा मनोनयन दर्ता गराएनन् ।

त्यस्तै नेताहरु प्रदीप गिरी, र नरहरी आचार्यले पनि केन्द्रीय समितिका कुनै पदमा उम्मेदवारी दिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर