रमेश लेखकले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी – Nepal Press

रमेश लेखकले दिए कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले केन्द्रीय सदस्य (खुला) पद उम्मेदवारी दर्ता गराएका छन् ।

१४ औं महाधिवेशनमा महामन्त्रीका दावेदार रहेका नेता लेखकले अन्तिम समयमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

१३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी भएका लेखकले यसअघि क्रियाशील सदस्यता छानबिन समितिको संयोजक रहेर पनि काम गरिसकेका छन् ।

सदस्यता विवादले महाधिवेशनको कार्यकतालिका नै प्रभावित भइरहेको अवस्थामा लेखक नेतृत्वको समितिले विवाद समाधानका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । तथापी केही क्षेत्रमा भने विवाद समाधान हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर