लोसपा अध्यक्ष ठाकुरले प्रदेश र जिल्ला अध्यक्षहरु मनोनीत गरेपछि विवाद सुरु – Nepal Press

लोसपा अध्यक्ष ठाकुरले प्रदेश र जिल्ला अध्यक्षहरु मनोनीत गरेपछि विवाद सुरु

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ र चार जिल्लाको अध्यक्ष मनोनीत गरेपछि पार्टीमा विवाद सुरु भएको छ ।

शनिवार लोसपा केन्द्रीय अध्यक्ष ठाकुरले प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनललाई नियुक्त गरेका थिए। त्यसअघि उनले धनुषा अध्यक्षमा प्रमेश्वर साह, महोत्तरी अध्यक्षमा रामबाबु साह, बारा अध्यक्षमा किशोर सिंह र पर्सा अध्यक्षमा पुरुषेत्तम झालाई मनोनित गरेका थिए ।

बिना छलफल अलोकतान्त्रिक ढंगले पार्टी अध्यक्ष ठाकुले प्रदेश र जिल्लाहरुमा अध्यक्ष मनोनित गरेको विरोधमा ३० नेताले विज्ञप्ती जारी गरेका छन् । उनीहरुले प्रदेश र जिल्ला अध्यक्षहरु म्नोनित गरेको निर्णय अबिलम्व फिर्ता नलिए अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रदेश तथा जिल्ला अध्यक्षको मनोनित पुरानो अध्यक्ष मण्डलीय नौटंकीको नयाँ संस्करण सुरु गरिएको उनीहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् । अध्यक्ष ठाकुरले संस्थागत रुपमा सामुहिक निर्णय गर्ने प्रतिबद्धतालाई लत्याएको आरोप पनि उनीहरुको छ ।

प्रदेश र जिल्ला अध्यक्षहरु मनोनित गर्दा केन्द्र र जिल्लामा समेत छलफल नगरेका कारण आफूहरु विरोध गरेको नेता संजय चौधरीले बताए ।

मनोनीत के आधारमा गरेको विषयमा केन्द्रीय नेताहरुसँग समेत बुझ्दा आफूहरुलाई थाहा नै नभएको बताएपछि आश्चर्य लागेको उनको भनाई छ ।

‘एकलौटी र अलोकतान्त्रिक रुपले प्रदेश र जिल्ला अध्यक्षहरु मनोनीत गरिएको छ,’ उनले भने, ‘यो निर्णय अविलम्ब सच्याउन भनेका छौं । यदि निर्णय नसच्याए कडा कदम चाल्छौं ।’ पार्टीमा सामुहिक र लोकतान्त्रिक प्रक्रियाबाट निर्णय हुनुपर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर