झपट रावल भन्छन् – १० बुँदे गरेर आएकाहरुलाई ‘कत्लेआम’ गरियो (भिडिओ) – Nepal Press

झपट रावल भन्छन् – १० बुँदे गरेर आएकाहरुलाई ‘कत्लेआम’ गरियो (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य झपट रावलले पार्टीमा भएको कार्यविभाजनमा असन्तुष्टि जनाएका छन् ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकपछि प्रतिक्रिया दिँदै रावलले १० बुँदे गरेर पार्टीमा रहेकाहरुलाई ‘कत्लेआम’ गरिएको दावी गरे।

‘यो पार्टीमा निरन्तर लागिपरेका भन्दा दुई महिने, तीन महिनेहरुलाई सम्मान भएको छ,’ उनले भने, ‘निरन्तर ढंगले लागेकाहरुलाई अपमान भएको मैले महसुस गरेको छु । १० बुँदेर गरेर आएकाहरुलाई कत्लेआम गरियो ।’

अध्यक्ष केपी शर्मा ओलीले कसैलाई अन्याय हुन नदिने बताएको भए पनि त्यस अनुसार न्याय गर्न नसकेको समते उनले टिप्प्णी गरे ।

‘जुन खालको हामीले अपेक्षा गरेका थियौं, त्यस खालको यो बैठकले दिन सकेन,’ रावलको भनाइ छ, ‘कमरेड अध्यक्षले पटक–पटक अन्याय र पक्षपात हुने छैन् भन्नुभयो । यी सबै भन्ने कुरा रहेछन् । न्याय भएको पनि अनुभूति गर्न सकिएन । र निष्पक्षताको पनि अनुभूति गर्न सकिएन ।’

कार्यकर्ताहरुको श्रेणी विभाजन गरेको आरोप लगाउँदै उनले भने, ‘सबैलाई समानताको दृष्टिले, न्यायको दृष्टिले हिँड्ने छ, विभेद हुने छैन् भनेर गरेको अपेक्षा निराशामा परिणत भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर