मड्रिड डर्वीमा रियलको सहज जित, बार्सिलोना रोकियो – Nepal Press

मड्रिड डर्वीमा रियलको सहज जित, बार्सिलोना रोकियो

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० गोलअन्तरको सहज जित पाएको हो ।

१६औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए ।

रियाल १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ ।

आइतबारै भएको अर्को खेलमा अन्तिम केहि मिनेट संहालिन नसक्दा बार्सिलोना ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ । १२औं मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले गोल गरी ओसासुनालाई खेलमा फर्काएका थिए ।

४९औं मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर, खेल सकिन ४ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनाका लागि पुनः बराबरी गोल फर्काएका हुन् ।

बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौं स्थानमा छ भने २२ अंक बटुलेको ओसासुना १० औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *