बोहोराटार पुगेका शेखरलाई रामचन्द्रले दिए जितको शुभकामना – Nepal Press

बोहोराटार पुगेका शेखरलाई रामचन्द्रले दिए जितको शुभकामना

काठमाडौं । रामचन्द्र पौडेलले पार्टीभित्र उत्पन्न परिस्थितिका कारण आफू निर्वाचन प्रक्रियामा अलग्गिने निर्णय गरे पनि सभापतिका उम्मेदवार डा. शेखर कोइरालालाई आफ्नो समर्थन रहने प्रष्ट पारेका छन् ।

आज विहान मतदान सुरु हुनुअघि शेखरसहितका नेताहरु पाैडेल निवास बाेहाेराटार पुगेका थिए । भेटमा उनले नेतृत्व परिवर्तनको आवश्यकता रहेको हुनाले शेखरलाई जितको शुभकामना दिएका छन् ।

महाधिवेशन अन्तर्गतको नेतृत्व चयन प्रक्रियाबाट बाहिर रहने निर्णय गरेका पौडेलले मतदान पनि नगर्ने बताएका छन् । तर उनले पछिल्ला केहि दिनदेखि फैलाइएको अफवाहको पछि नलाग्न आग्रह गरेका हुन् ।

यसैबीच पौडेलपुत्र चिन्तन पौडेलले आफ्नो भनाई भनेर विभिन्न सन्चारमाध्यममा व्यक्त भएका धारण शतप्रपितशतथ गलत रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर