कांग्रेसको मतदान सुरू, कुलबहादुरले हाले पहिलो भोट – Nepal Press

कांग्रेसको मतदान सुरू, कुलबहादुरले हाले पहिलो भोट

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो । पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो मतदान गरेका छन् ।

भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा निर्वाचन सुरू भएको छ । राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संस्था, कर्णाली प्रदेश र लुम्विनी प्रदेशका मतदाताले मतदान गर्दैछन् ।

भृकुटीमण्डप परिसरमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान केन्द्र तोकिएको छ । त्यस्तै प्रदर्शनी कक्षमा प्रदेश १, वागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

निर्वाचन समितिले २९ प्रकारका मतपत्र तयार गरेको छ । सबै मतपत्रका लागि अलग-अलग मतपेटिका राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर