बार महासचिवले राजिनामा दिएपछि सदस्य बञ्जारा बने एनआरएनए निर्वाचन आयुक्त – Nepal Press

बार महासचिवले राजिनामा दिएपछि सदस्य बञ्जारा बने एनआरएनए निर्वाचन आयुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन संयोजकमा भीमसेन बञ्जारा नियुक्त भएका छन् ।

अघिल्ला संयोजक तथा नेपाल बार एसोसियसनका महासचिव लीलामणी पौड्यालले राजीनामा दिएपछि बारकै कार्यसमिति सदस्य बञ्जाराले नियुक्ती पाएका हुन् ।

बारको आन्दोलनको कारण एनआरएनए चुनाबमा समय दिन नपाउने भन्दै पौड्यालले यसैसाता संयोजकबाट राजीनामा दिएका थिए ।

एनआरएनए चुनाबमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहको असन्तुष्टि पछि गत शनिबार हुने भनिएको उम्मेदबारी दर्ता डिसेम्बर १६ सम्म सरेको छ । निर्वाचनको लागि डिसेम्बर १६ तारिखमा बिहान १० बजेदेखि १७ तारिख बिहान १० बजेसम्म उम्मेदबारी दिनुपर्ने समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर