मतदान केन्द्र ढुकेर बसे देउवा, मतदाता प्रभावित पार्न खोजेको आरोप – Nepal Press

मतदान केन्द्र ढुकेर बसे देउवा, मतदाता प्रभावित पार्न खोजेको आरोप

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मतदान सुरु भएको केही समयलगत्तै मतदान गरेका सभापतिका उम्मेदवार शेरबहादुर देउवा फेरि मतदानस्थल पुगेका छन् ।

मतदाता मत खसाल्न जाने बाटैमा धेरैबेरदेखि देउवा बसिरहेका छन् । देउवा यसरी मतदानस्थलमा एकोहोरो बसिरहँदा मतदाता प्रभावित हुने भन्दै उनीइतरका नेता कार्यकर्ताले शंका व्यक्त गरेका छन् ।

देउवाले मत खसाल्न भित्र छिर्नै लागेका मतदातालाई नमस्कार गरिरहेका छन् ।

१२ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा देउवासँगै अरु अधिकांश उम्मेदवारहरुले मत हालिसकेका छन् ।

अहिलेसम्म करिब एक हजार प्रतिनिधिले मत खसालेका छन् । कांग्रेसका कुल चार हजार ७४३ प्रतिनिधि मतदानमा सहभागी हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर