कांग्रेस महाधिवेशन : अहिलेसम्म १३६५ मत खस्यो – Nepal Press

कांग्रेस महाधिवेशन : अहिलेसम्म १३६५ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा १३६५ मत खसेको छ ।

कांग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा १३६५ मत खसेको हो ।

१३४ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण) मा डछद्द मत खसेको छ ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

१४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर