कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सभागृहमै हुने – Nepal Press

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सभागृहमै हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापतितर्फको मतगणना मतदान लगत्तै सुरु हुने भएको छ ।

निर्वाचन समितिले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिने र पदाधिकारी र सदस्यहरुको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने जनाएको छ ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ ।

कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा सभापति छान्न दोस्रो चरणको निर्वाचन हुनेछ । पहिलो चरणको निर्वाचनमा शीर्ष २ स्थानमा रहने उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन हुनेछ ।

पहिलो चरणमा सभापतिको नतिजा नआए मंगलबार पुनः दोस्रो चरणको मतदान हुनेछ ।

निर्वाचन समितिले सभापतिको नतिजा टुंग्याएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने जनाएको छ । अन्तिम परिणाम आउन कम्तीमा १ साता लाग्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर