कांग्रेस महाधिवेशन : ९५० मतगणना सकियो, देउवाको ४५६, शेखरको कति ?
काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तरगत अहिले मतगणना जारी रहेको छ ।
अहिलेसम्म ९५० मतगणना भएको छ । प्राप्त परिणाम अनुसार ४५६ मत प्राप्त गरेका छन् । यस्तै शेखर कोइरालाले ३५७ मत ल्याएका छन् ।
मतदान सोमबार राति साढे ११ बजे सकिएको भएपनि गणना भने मंगलबार विहान ४ बजेर ५ मिनेटबाट मात्रै सुरु भएको थियो । नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।
सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ । २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।
कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।