सभापति निर्वाचन दोस्रो चरणमा जाने संकेत, देउवाको दूत बनेर खाँण चाक्सीबारीमा
नेपाल प्रेस
२०७८ मंसिर २८ गते ८:४६
काठमाडौं । कांग्रेस सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि गृहमन्त्री बालकृष्ण खाँण सभापतिका उम्मेदवार प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।
दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन जुटाउन खाँण चाक्सीबारी गएका हुन् । दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुनेछन् ।
प्रतिक्रिया